Pages

Apr 21, 2017

मधेसमा समानता

Image result for equalityअन्य बस भन्दा महानगर यातायात अलि छिटो हुन्छ भनेर म ग्वार्को चोकमा त्यहि बस कुरिरहेको थिए । आउँन त आयो, तर निकै भिड थियो । बिहानको समय खाना पनि खाएको थिन, यसकारण छिटो कोठा पुगेर खाना खाने इक्षाले म त्यहि भिड गाडीमा छिरे ।
जेस्ठ नागरिकको सिटमा एक जवान पुरुष बसीरहेको थिए, अर्का चै अलि बुढा पाका नै थिए। बालकुमारी आइपुगेपछि खलासीले एक बृद्दलाई सिट छ भन्दै बस भित्र छिराए अनि त्यहि सिटमा बसाए।


अनि मेरो आँखा बसको एक कुना तर्फ पुग्यो जहाँ एक मधेसी बृद्द लौरो समातेर उभीरहेका थिए । त्यहाँ केहि मधेसी युवा पनि थिए, तर बसको सिट भाटभटेनी आएपछि खाली हुँदा आफै बसे। त्यस लगत्तै अर्को सिट खालि भयो अनि अर्को एक जवान युवकले भर्खरकै महिलालाई उक्त सिटमा बस्न आग्रह गर्यो । कोटेश्वरमा आएपछि ठ्याक्कै मेरो अगाडीको सिट खाली भयो अनि मैले उक्त मधेसी बृद्दलाई उक्त सिटमा बस्न आग्रह गरे। सुरुमा त एकछिन ट्वाल्ल परेर म तिर हेरे अनि फेरी मैले आग्रह गरेपछि उनि त्यहाँ बसे। झ्याल तर्फ बस्ने त्यहि सिटको अर्को एक पहाडी मूलका ४० वर्ष हाराहारीका यात्रीले झर्को मानेको मैले स्पस्ट बुझ्न सक्थे।


मैले गौशाला सम्म पनि सिट पाइन् तर गौशालामा ओर्लिएपछी त्यहि वृद्दलाई पनि त्यहि ओर्लिएको देखे अनि मुसुक्क हाँसेको मात्र के थिए – उनले हात जोडेर कुनै अर्को भाषा – सायद मैथली थियो, या भोजपुरी मैले ठम्याउनसकिन – प्रयोग गरेर मलाई केहि भन्दै थिए । तराई मै हुर्केको हुनाले धेरथोर उनले मलाई धन्यवाद भन्न खोजेको बुझे, अनि मैले हैन त्यस्तो भन्नु पर्दैन भनेर बिदा भए। त्यहि भाषामा उनले कोहि आफन्त त्यहाँ उनलाई लिन आउने जानकारी दिए।
Image result for madhes
यहि घटनाबाट म मधेसीको अवस्था मुल्यांकन गर्दै छु । आखिर उनी त्यहाँ पहिले देखि नै उभीरहेको थाहा हुँदा हुदै पनि खलासीले पहाडे मूलका जेष्ठ नागरिकलाई मात्र उक्त सिट उपलब्ध गराइएकोे सम्झीए। यहाँ स्पस्ट देखिन्छ कसरी एक मधेसीले आफ्नै देशमा दोश्रो दर्जाका नागरिक भएर बाच्नु परेको छ। खलासीले त वास्ता गरेन रे, तर उक्त मधेसी वृद्ले पनि आँट गरेर ’जेष्ठ नागरिकको सिट मलाई छोड्नुस’ भन्न पनि सकेनन। सबै जनता समान हुन् भन्ने जानकारी हुँदा हुँदै पनि दोश्रो श्रेणी भएर बाच्न उनीहरुले सिकिसके, सायद बानी भैसक्यो उनीहरुलाई।

मधेसमै हुर्किएको हुनाले म ठोकुवाका साथ् भन्न सक्छु – मोरंगको बबियामा होस् या बाराको सिमरामा होस् त्यहाँका पहाडे मूलकाले मधेसी समुदायलाई हेप्ने प्रचलन अझै पनि बिगबिगी छ। मधेसमै त्यस्तो अवस्था रहेको हाम्रो नेपालमा काठमाडौँ जस्तो ठाउँमा उनीहरुले सहनु पर्ने हेपाईको मुल्यांकन यहि बसको घटनाबाट गर्न सकिन्छ।

मेरो बुझाई सायद गलत हुन् सक्छ, तर अहिले मधेसको प्रमुख माग यहि नै हो ’समानता।  यो समानता मधेसमा दुइ राज्य बनाएर कसरी बन्छ मैले कहिले बुझिन। यदि समानता बन्ने निश्चित छ भने दुइ हैन तिन राज्यनै मधेसलाई दिंदा फरक नपर्ला – आखिर ढिलो चांडो भारतको आन्ध्रा र तेलंगाना टुक्रेझैँ इनिहरु आगामी भविस्यमा टुक्रिने निश्चित छ। यहि समानता विदेशी श्रीमतीलाई हामीले पाउने सरह नागरिकता दिएर हुन्छ भने के झापा मोरंगका पहाडे मुलका पुरुषहरुले दार्जि्लिंग सिक्किमका महिलासंग विवाह नगर्ने हो र? समानता निश्चित भएको खण्डमा त्यो गर्दा पनि फरक पर्ला। विषय यहाँ मधेसी जनताको मात्र त हैन रछ नि।

हिन्दी भाषालाई कामकाजको भाषा बनाएर के उक्त समानता दर्सिन्छ? बस बाट ओर्लिएपछी यदि उनले हिन्दि भाषा प्रयोग गरेको भए सायद म पनि फर्काउन सक्थे होला, तर अँह उनले बोल्ने भाषा अर्कै थियो – ठम्याउन सकिन तर भोजपुरी या मैथली यस्तै केहि हुनु पर्छ। अनि सम्झिए ति मधेसी नेताहरुलाई जो अहिले पजेरो देखि स्कोरपियो चढेर हिड्छन र मधेसको लागी राजनीति गर्छन। कहिले लालु प्रसाद यादब भेट्छन भने कहिले आफै आफै झगडा गरेर अलग्गीन्छन। के उनीहरुले यहाँ समानताको लागी केहि पहल गरेका छन र?
Image result for madhesh

अनि फेरी त्यहि बसमा रहेको दुइ मधेसी युवालाई सम्झिए जो उक्त वृद्दलाई वेवास्ता गरेर आफैं सिटमा बसे। यस्तै स्वार्थ लुकेको होला यहाँ सबैको – ’मै गरु, मै खाउँ’ आखिर निजिगत स्वार्थ त मानवीय गुणनै हो। जसरी बोनस र हकप्रदायक शेयरको हल्ला सुन्न साथ् शेयरप्रति मान्छे आकर्षित हुन्छन, जसरी युएनले बनाएको योजना प्रति आफु पनि इक्षुक भएको भनि एनजीओले नाटक गर्छन सायद त्यसरी नै तात्तातो मुद्दा उठाएर लाभ उठाउने नेतृत्व नहोला भन्न पनि कसरी सकिएला र?

बसबाट ओर्लिएपछी हात जोडेर मलाई धन्यवाद भनि रहनु पर्ने पनि थिएन। मैले अहिले सम्म धेरैलाई सिट त्यसै गरी छोडेको छु, कसैले मलाई हात जोडी जोडी धन्यवाद भनेका थिएनन। संगै को सिटमा बस्न घिनमान्ने पहाडे सम्झिए – हब्सीलाई अमेरिकामा गोराले हेपेको सायद यस्तै त थियो होला । त्यस्तो गर्न नहुने थियो गोराले भन्ने जमात सायद अहिले आफैंले गरेको व्यहार प्रति सोच्न सकेका छैनन् होला। एकछिनलाई मानौ उनिहरुलाई नेपाली नागरिक जबर्ज्स्ति बनाइयो रे – अब यहाँ त्यहि भएर उनीहरुलाइ दोश्रो नागरिकको दर्जा दिएर अलग व्यहार दर्साउने? भुटानी सरणार्थी बरु अमेरिकामा सम्मान पुर्वक जीवन बाँची रहेका होलान। हामी कुरा र सपना चै त्यस्तै पश्चिमेली प्रवृत्ति को गर्छौ तर व्यहार चै किन यस्तो तुच्छ? अझ हामीले त्यहि  ‘पहाडे’  मूलका नेताहरुलाई किन त्यसरी नागरिकता बाढियो भनेर प्रश्न चै किन उठाउन सकेका छैनौ? आखिर कुर्शीमा र शक्तिमा त पहाडे नै थिए उक्त समयमा?

Image result for madheshहामी अहिले यसरी वेवास्ता गर्छौं अनि भोली ’मधेसी आरक्षण’  को सिट भनी आएमा विरोध गर्छौ! यदि अहिले बाट विवेध नगर्ने हो भने सायद यस्तो आवस्यकता पनि पर्दैन थियो । सायद हामीले महिला या जेष्ठ नागरिक या अपांगहरुलाई सुरु देखि नै सम्मान पुर्वक दृस्टीले हेर्न जानेको भए अहिले उनीहरुलाई बेग्लै आरक्षणको आवस्यकता पनि पर्दैन थियो होला।


होला यो विषय राजनीतिक स्तर बाट समाधानको बाटो तर्फ लैजानु पर्छ। तर व्यक्तिगत पहल पनि आवस्यक छ – किन भीमसेनगोला तिर साइकलमा तरकारी बेच्ने मधेसी समुदायलाई  ‘तँ’ र  ‘भैया’ भन्दै सम्बोधन गरिन्छ? ’ तपाईं’ र ’दाई’ भन्न नहुने हो र उनीहरुलाई? अहिले त एउटा सानो स्कुले बालकले समेत ’तँ’ र ’भैया’ भनि सम्बोधन गर्दा रहेछन उनीहरुलाई! आफ्ना बालबालिकालाई किन यस्तो हेपाई सिकाइन्छ? अझ तरकारीको भाउ नमिलेको खण्डमा ’मदिसे’, ’देसी’, ’धोति’, ’भेले’ जस्ता शब्दको प्रहार पनि खप्नु पर्दो रहेछ। तर त्यहि छेउ को माछा पसलमा पहाडे मूलक पसलेलाई  ‘तपाइँ’  र ‘दाइ’  भनेर सम्बोधन गरिन्छ। व्यवहारमा तब मात्र परिवर्तन आउँछ जब सोचाइमा परिवर्तन आउँछ। के अर्थ तपाईंको योग्यताको जब तापाईको सोचाइ मै परिवर्तन आउँदैन?

हालको मधेस केन्द्रित राजनीतिक पार्टीहरुले सायद नै यो समस्या प्रति केहि कदम चालेका होलान। यहाँ गरिब झन् गरिब र हेपाइ को सिकार अनि धनि अझ धनि र सम्मानपुर्वक जीवन प्रति लम्कदै छन। सोझा, निमुखा मधेसी जनताको नाममा गरिएको राजनीतिलाई शैक्षीक मधेसी वर्गहरुले मुल्यांकन गर्न आवस्यक र त्यहि अनुरुपको समर्थन र बिरोध गर्न आवस्यक छ। अनि मात्र मधेसको प्रमुख मुद्दा तर्फ राजनीति गर्ने नेता देखि सम्बन्धित निकायको ध्यान जान्छ।

Published in Voice in Crisis of 7th April, 2017
http://www.voicesincrisis.com/मधेसमा-समानता/

No comments:

Post a Comment

You are free to comment....But i request you to write down your name in the end so that i can recognize you...