लगानी बर्ष: गलत समय, नकारात्मक प्रभाब
व्यब्साय गर्नु को मुख्य
उद्देस्य नै नाफा
कमाउनु हो ।
ग्राहक को सन्तुस्टी
नव मानिएको लक्ष्य
भएता पनि, नाफा
को निमित्त नै
रहेको कुरा स्पस्ट
रही आएको छ
। एउटा लगानी कर्ता ले प्रसस्त नाफा नदेखी
पक्कै पनि लगानी गर्दैन । यस अर्थमा, लगानी गर्नु को प्रमुख कारण नै त्यस बापत आउने
फाइदा हो । म सँग यदी पचास लाख बैंक मा छ भने म त्यती बेला मात्र त्यस्लाई बिराट्नगर
को कुनै घडेरी मा लगानी गर्छु जब मलाई लाग्छ, त्यहाँ बाट केहि फाइदा हुन्छ । यो था
हुँदा हुँदै मैले लगानी गरेको घडेरिलाई सिङिया खोला ले बगाउछ, म पक्कै पनि त्यस घडेरी
मा लगानी गर्दिन ।
नेपाल मा बिकासको रेखा
सम्म पुग्न पनि वैदेशिक लगानी को आवस्यक्ता छ । नेपाल ले यदी वैदेशिक सहयोग प्राप्त
नगरेको भए, भक्तपुर को ठुलो बाटो सम्भव हुने थिएन । अब, निर्माणधिन फास्ट ट्र्यक्क
लाई पनि वैदेशिक सहयोग गुहर्नु परी रहेको छ । यो अवस्था मा वैदेशिक सहयोग लाई नक्कर्न
गाह्रो नै पर्छ । वास्तब मा, कुनै पनि मुलुक को बिकास तेस्रो मुलुक को सहयोग बाट हुँदै
अएको त हाम्रो नजरमा प्रस्ट नै रही अएको छ । बेलायत को सहयोग बिना आज भारत यो ठाउ मा
पुग्दैन थियो । नेपाल भन्दा ढिलो हावाइ जहाँज देखेको भारतले बेलायती शोषन को समय मा
नै पुर्वाधार प्राप्त गरेको थियो । रैल मार्ग, हुलक सेवा अन्यथा यो स्थितिमा हुँदैन
थियो । भुटानको कुरा गर्नु पर्दा, जुन सहयोग उस्ले भारत बाट प्राप्त गरी रहेको छ, त्यही
सहयोगले गर्दा नै आज उस्को विकाशको गती एउटा चुचुरोमा पुगिरहेको छ । यो देख्दा हामीलाई
पनि वैद्शिक लगानी को आवस्य्क्ता राम्ररी देखिन्छ । कम्ती मा पनि एउटा पुर्वाधारको
लागी भए पनि हामीलाई लगनिकर्ता को महत्व ठुलो छ ।
सायद यही महत्व बुझेर
सरकारले २०११ लाई पर्यटन बर्ष घोसणा गरे झै २०१२ र २०१३ लाई लगानी बर्ष घोसणा गरेको
हुनु पर्छ । र यस्लाई नकार्त्मक रुप मा हेर्न पनि मिल्दैन । ढिलो चाडो, नेपाल लाई लगानी
त चहिन्छ नै । आखिर १० बर्षे जन युद्द पछी नेपाल मा लगानी गर्ने वातावरण छ है भनेर
बाहिरी मुलुक लाई देखाउन पनि यो गर्न आवस्यक थियो ।
पुर्वी नेपाल मा पर्यटन
बर्ष ले खासै फरक पारेको थिएन । एउटा तारे होटेल का म्यानेजर ले बोलेका थिए, 'पर्यटन
बर्ष्: काग लाई बेल पाक्यो, हर्ष न बिस्माद्!' तर लगनी बर्ष ले ठुलो भूमिका खेल्नु
पर्ने अवस्था थियो । जस्ले कागलाई मेवा पाक्दा पनि केहि फरक नपरेको अवस्था रही अएको
स्पस्ट छ ।
कत्ती को उचित
समय
थियो
त
यो
?
सर्व प्रथम त, राज्नितिक
अवस्था एउटा बिन्दु
मा नपुगी गरिएको
यो घोसणले पक्कै
पनि कुनै सकरत्मक
प्रभाव पार्न नसकेको त
स्पस्ट छ ।
२०१२ को अन्त्य
तिर आउँदा पनि
खासै कुनै लगानी कर्ता
भित्र्यौन नसकेको स्पस्ट छ
। केहि लगानी कर्ता
उत्सुक भए पनि,
सरकार आफ्नै पिर
म पिरोलिएर होला,
कुनै लगानी कर्ता लाई
स्वागत गर्न सकेको
छैन । यसले
गर्दा, अलि अलि
भितृन खोजेका हरु
पनि अवसर पाइरहेको
छैन । जब सरकारले उचित समय दिन सकी रहेको छैन, र लगानी भित्रउन सकी रहेको
छैन, अवस्य पनि यस समय लाई उचित भन्न मिल्दैन ।
कस्तो वातावरण लाई प्रतिकुल
भन्ने ? पक्कै पनि लगानी
कर्तालाई लगानी सुरक्छित छ भन्ने
भाव आउने अवस्था
रही आएको छ
कि छैन भन्ने
कुरा विस्लेसण गरेर
उक्त उत्तर निकल्न
सकिन्छ । एउटा
विदेशी ले फाइदा
त प्रसस्त देख्छ
। तर उस्ले
अरु कुरा पनि
ख्याल गर्छ ।
राज्नितिक अवस्था, आर्थिक अवस्था,
सामजिक अवस्था र प्राविधिक
अवस्था । राज्नितिक
यानी कि देश
को नियम्, कानुन
हरु । राजनिती
को कारण ले
नै यदी लगनिमा
ठेस आउने सम्भावना
छ भने त्यहाँ
को अवस्था राम्रो
मान्न सकिन्न । नेपाल
मा यो सामन्य हो । बन्द, हड्ताल त सामन्य हो जस्ले गर्दा करोड को घाटा पनि सामान्य
सरह भैसकेको छ । राजनितिक परिवेश राम्रो नभएको अवस्था मा आर्थिक अवस्था पनि राम्रो
हुने भएन । उदाहरण को लागि यस बर्ष को बजेट लाई नै हेर्न सकिन्छ । कत्रो आश थियो, अन्त्य
मा फुस्सा । सामाजिक अवस्था पनि खास्सै राम्रो मान्न सकिन्न । समाज बाट खै त साथ ?
सेती जल बिधुत आयोजना मा भैरहेको हस्तछेप लाई कसरी नक्कार्ने ? प्राबिधिक तर्फ नजर
हाल्दा, सुरु मै एउटा ठेस पुग्छ । १८ घण्टा सम्म बिधुत सेवा ठप्प हुने देश मा प्रबिधी
तर्फ कुनै बिकास को झुल्को देख्न गार्है पर्ला । आखिर हामी अझै पनि बैदेशिक लगानी को
मुख हेर्नु पर्ने आवस्य्क्ता छ । कहिले चै रेलायन्स मोबाईल ले नेपाल मा लगानी गर्छ
अनि राम्रो प्रविधी को प्रतक्ष्य लाभ लिन सकिन्छ ? भनी मुख ताक्नु पर्ने अवस्था रही
अएको हाम्रो देश मा प्रविधी तर्फ केहि आश छैन ।
यस्तो अवस्था मा किन
गर्छ कोइ नेपाल मा लगानी ? यदी जापान लाई लगानी गर्नु पर्यो भने उस्ले भुटान छान्छ
नि । आखिर नेपाल भन्दा धेरै गुणा राम्रो वातावरण त त्यहाँ छ नि । नेपाल मा मानव श्रोत
सस्तो मा पाइछ, तर त्यो त भुटान मा पनि पाईन्छ नि, अनि किन गर्ने नेपाल म लगानी ? पाकिस्तन मा लगानी गर्न डरउनु को कारण त्यहाँ बाहिरी
सुरक्ष्या छैन, अनि हाम्रो मा चाही भित्री सुरक्ष्या को अभाव छ । र एउटा असुरक्षित
मुलुक मा लगानी गरी आफ्नो लगानी धराप पार्ने त कसैको इक्ष्या हुँदैन ।
बिकास को महत्व
बुझेर लगानी बर्श घोसणा
गर्नु अवस्य पनि
नराम्रो हैन ।
तर सायद सम्ब्धित
निकय ले अलि
दुर दर्शी भएर
उक्त निर्णय लिएको
भए केहि लाभकारी
हुन्थ्यो कि ? खैर्,
जे हुनु भैसकेको
। हाल यस्तो
अवस्था मा, जब
अन्तरास्टृय नजर मा
नेपाल ले लगनिकर्ता
लाई स्वागत गर्न
खोजिरहेको छ भन्ने
प्रभाब पर्न गएको
छ, त्यस अवस्था
मा नेपाल ले
पनि जिम्मेवारी बहन
गर्न सक्नु पर्छ
। खाली बन्द,
हड्ताल्, सरकार ढाल्ने, सरकार
बनाउने खेल मा
नलगेर लगानी तर्फ
पनि ध्यान दिन
सक्नु पर्यो ।
एउटा छुट्टै निकय को निर्माण गरी लगानी लाई स्वागत गर्ने जिम्मेवारी दिन सक्नु पर्यो
। यस्ले भितृन खोजी रहेको लगानी लाई बहिर जान दिदैन । बैदिशिक लगानी गर्ने लाई सुरक्ष्या
को भाव सृजना गर्न सक्नु पर्यो । कुनै प्रकार को नकारत्मक प्रभाव यदी देश बाट हुन
गएको खन्ड मा देश जिम्मेवर हुन सिक्नु पर्यो । बिप्पा जस्तो सम्झौता लाई प्राथ्मिक्ता
दिन सक्नु पर्यो । हुन त देश भित्रको उध्योग लाई नै सुरक्ष्या गर्न नसकी रहेको अवस्था
मा एउटा बाहिरी मुलुक को लगनिको सुरक्ष्या कसरी गर्ने भन्ने तर्क पनि उठाउने कम नहोलान
। तर यस बिषय मा सारा नेपाली को चित्त बुझाउन लाई सर्व प्रथम एउटा बिश्वासको वातावरणको
सृजना गर्न सक्नु पर्यो । आन्तरिक वातावरण
सुलभ पार्न सक्नु पर्यो । अनि बल्ल देश मा लगानी गर्ने वातावरण को आयाम हुने छ । नेपालमा
प्रसस्त लगानी भएको अवस्था मा मात्र देश को बिकाश्, रोजगारिको सुनिस्चितता हुने भएको
ले यस्लाई सही बाटो मा डोर्याउन सक्नु पर्छ । एउटा बर्ष त खेर गैसकेको छ । अब अर्को
बर्ष चै फाइदा जनक होस ।
No comments:
Post a Comment