लगानी बर्ष: गलत समय, नकारात्मक प्रभाब

Apr 11, 2013

लगानी बर्ष: गलत समय, नकारात्मक  प्रभाब

व्यब्साय गर्नु को मुख्य उद्देस्य नै नाफा कमाउनु हो । ग्राहक को सन्तुस्टी नव मानिएको लक्ष्य भएता पनि, नाफा को निमित्त नै रहेको कुरा स्पस्ट रही आएको छ । एउटा लगानी कर्ता ले प्रसस्त नाफा नदेखी पक्कै पनि लगानी गर्दैन । यस अर्थमा, लगानी गर्नु को प्रमुख कारण नै त्यस बापत आउने फाइदा हो । म सँग यदी पचास लाख बैंक मा छ भने म त्यती बेला मात्र त्यस्लाई बिराट्नगर को कुनै घडेरी मा लगानी गर्छु जब मलाई लाग्छ, त्यहाँ बाट केहि फाइदा हुन्छ । यो था हुँदा हुँदै मैले लगानी गरेको घडेरिलाई सिङिया खोला ले बगाउछ, म पक्कै पनि त्यस घडेरी मा लगानी गर्दिन ।

नेपाल मा बिकासको रेखा सम्म पुग्न पनि वैदेशिक लगानी को आवस्यक्ता छ । नेपाल ले यदी वैदेशिक सहयोग प्राप्त नगरेको भए, भक्तपुर को ठुलो बाटो सम्भव हुने थिएन । अब, निर्माणधिन फास्ट ट्र्यक्क लाई पनि वैदेशिक सहयोग गुहर्नु परी रहेको छ । यो अवस्था मा वैदेशिक सहयोग लाई नक्कर्न गाह्रो नै पर्छ । वास्तब मा, कुनै पनि मुलुक को बिकास तेस्रो मुलुक को सहयोग बाट हुँदै अएको त हाम्रो नजरमा प्रस्ट नै रही अएको छ । बेलायत को सहयोग बिना आज भारत यो ठाउ मा पुग्दैन थियो । नेपाल भन्दा ढिलो हावाइ जहाँज देखेको भारतले बेलायती शोषन को समय मा नै पुर्वाधार प्राप्त गरेको थियो । रैल मार्ग, हुलक सेवा अन्यथा यो स्थितिमा हुँदैन थियो । भुटानको कुरा गर्नु पर्दा, जुन सहयोग उस्ले भारत बाट प्राप्त गरी रहेको छ, त्यही सहयोगले गर्दा नै आज उस्को विकाशको गती एउटा चुचुरोमा पुगिरहेको छ । यो देख्दा हामीलाई पनि वैद्शिक लगानी को आवस्य्क्ता राम्ररी देखिन्छ । कम्ती मा पनि एउटा पुर्वाधारको लागी भए पनि हामीलाई लगनिकर्ता को महत्व ठुलो छ ।
सायद यही महत्व बुझेर सरकारले २०११ लाई पर्यटन बर्ष घोसणा गरे झै २०१२ र २०१३ लाई लगानी बर्ष घोसणा गरेको हुनु पर्छ । र यस्लाई नकार्त्मक रुप मा हेर्न पनि मिल्दैन । ढिलो चाडो, नेपाल लाई लगानी त चहिन्छ नै । आखिर १० बर्षे जन युद्द पछी नेपाल मा लगानी गर्ने वातावरण छ है भनेर बाहिरी मुलुक लाई देखाउन पनि यो गर्न आवस्यक थियो ।
पुर्वी नेपाल मा पर्यटन बर्ष ले खासै फरक पारेको थिएन । एउटा तारे होटेल का म्यानेजर ले बोलेका थिए, 'पर्यटन बर्ष्: काग लाई बेल पाक्यो, हर्ष न बिस्माद्!' तर लगनी बर्ष ले ठुलो भूमिका खेल्नु पर्ने अवस्था थियो । जस्ले कागलाई मेवा पाक्दा पनि केहि फरक नपरेको अवस्था रही अएको स्पस्ट छ ।
कत्ती को उचित समय थियो त यो ?
सर्व प्रथम त, राज्नितिक अवस्था एउटा बिन्दु मा नपुगी गरिएको यो घोसणले पक्कै पनि कुनै सकरत्मक प्रभाव पार्न नसकेको त स्पस्ट छ । २०१२ को अन्त्य तिर आउँदा पनि खासै कुनै लगानी कर्ता भित्र्यौन नसकेको स्पस्ट छ । केहि लगानी कर्ता उत्सुक भए पनि, सरकार आफ्नै पिर म पिरोलिएर होला, कुनै लगानी कर्ता लाई स्वागत गर्न सकेको छैन । यसले गर्दा, अलि अलि भितृन खोजेका हरु पनि अवसर पाइरहेको छैन । जब सरकारले उचित समय दिन सकी रहेको छैन, र लगानी भित्रउन सकी रहेको छैन, अवस्य पनि यस समय लाई उचित भन्न मिल्दैन ।

कस्तो वातावरण लाई प्रतिकुल भन्ने ? पक्कै पनि लगानी कर्तालाई लगानी सुरक्छित छ भन्ने भाव आउने अवस्था रही आएको छ कि छैन भन्ने कुरा विस्लेसण गरेर उक्त उत्तर निकल्न सकिन्छ । एउटा विदेशी ले फाइदा त प्रसस्त देख्छ । तर उस्ले अरु कुरा पनि ख्याल गर्छ । राज्नितिक अवस्था, आर्थिक अवस्था, सामजिक अवस्था र प्राविधिक अवस्था । राज्नितिक यानी कि देश को नियम्, कानुन हरु । राजनिती को कारण ले नै यदी लगनिमा ठेस आउने सम्भावना छ भने त्यहाँ को अवस्था राम्रो मान्न सकिन्न । नेपाल मा यो सामन्य हो । बन्द, हड्ताल त सामन्य हो जस्ले गर्दा करोड को घाटा पनि सामान्य सरह भैसकेको छ । राजनितिक परिवेश राम्रो नभएको अवस्था मा आर्थिक अवस्था पनि राम्रो हुने भएन । उदाहरण को लागि यस बर्ष को बजेट लाई नै हेर्न सकिन्छ । कत्रो आश थियो, अन्त्य मा फुस्सा । सामाजिक अवस्था पनि खास्सै राम्रो मान्न सकिन्न । समाज बाट खै त साथ ? सेती जल बिधुत आयोजना मा भैरहेको हस्तछेप लाई कसरी नक्कार्ने ? प्राबिधिक तर्फ नजर हाल्दा, सुरु मै एउटा ठेस पुग्छ । १८ घण्टा सम्म बिधुत सेवा ठप्प हुने देश मा प्रबिधी तर्फ कुनै बिकास को झुल्को देख्न गार्है पर्ला । आखिर हामी अझै पनि बैदेशिक लगानी को मुख हेर्नु पर्ने आवस्य्क्ता छ । कहिले चै रेलायन्स मोबाईल ले नेपाल मा लगानी गर्छ अनि राम्रो प्रविधी को प्रतक्ष्य लाभ लिन सकिन्छ ? भनी मुख ताक्नु पर्ने अवस्था रही अएको हाम्रो देश मा प्रविधी तर्फ केहि आश छैन ।
यस्तो अवस्था मा किन गर्छ कोइ नेपाल मा लगानी ? यदी जापान लाई लगानी गर्नु पर्‍यो भने उस्ले भुटान छान्छ नि । आखिर नेपाल भन्दा धेरै गुणा राम्रो वातावरण त त्यहाँ छ नि । नेपाल मा मानव श्रोत सस्तो मा पाइछ, तर त्यो त भुटान मा पनि पाईन्छ नि, अनि किन गर्ने नेपाल म लगानी ?  पाकिस्तन मा लगानी गर्न डरउनु को कारण त्यहाँ बाहिरी सुरक्ष्या छैन, अनि हाम्रो मा चाही भित्री सुरक्ष्या को अभाव छ । र एउटा असुरक्षित मुलुक मा लगानी गरी आफ्नो लगानी धराप पार्ने त कसैको इक्ष्या हुँदैन ।

बिकास को महत्व बुझेर लगानी बर्श घोसणा गर्नु अवस्य पनि नराम्रो हैन । तर सायद सम्ब्धित निकय ले अलि दुर दर्शी भएर उक्त निर्णय लिएको भए केहि लाभकारी हुन्थ्यो कि ? खैर्, जे हुनु भैसकेको । हाल यस्तो अवस्था मा, जब अन्तरास्टृय नजर मा नेपाल ले लगनिकर्ता लाई स्वागत गर्न खोजिरहेको छ भन्ने प्रभाब पर्न गएको छ, त्यस अवस्था मा नेपाल ले पनि जिम्मेवारी बहन गर्न सक्नु पर्छ । खाली बन्द, हड्ताल्, सरकार ढाल्ने, सरकार बनाउने खेल मा नलगेर लगानी तर्फ पनि ध्यान दिन सक्नु पर्‍यो । एउटा छुट्टै निकय को निर्माण गरी लगानी लाई स्वागत गर्ने जिम्मेवारी दिन सक्नु पर्‍यो । यस्ले भितृन खोजी रहेको लगानी लाई बहिर जान दिदैन । बैदिशिक लगानी गर्ने लाई सुरक्ष्या को भाव सृजना गर्न सक्नु पर्‍यो । कुनै प्रकार को नकारत्मक प्रभाव यदी देश बाट हुन गएको खन्ड मा देश जिम्मेवर हुन सिक्नु पर्‍यो । बिप्पा जस्तो सम्झौता लाई प्राथ्मिक्ता दिन सक्नु पर्‍यो । हुन त देश भित्रको उध्योग लाई नै सुरक्ष्या गर्न नसकी रहेको अवस्था मा एउटा बाहिरी मुलुक को लगनिको सुरक्ष्या कसरी गर्ने भन्ने तर्क पनि उठाउने कम नहोलान । तर यस बिषय मा सारा नेपाली को चित्त बुझाउन लाई सर्व प्रथम एउटा बिश्वासको वातावरणको सृजना गर्न सक्नु पर्‍यो ।  आन्तरिक वातावरण सुलभ पार्न सक्नु पर्‍यो । अनि बल्ल देश मा लगानी गर्ने वातावरण को आयाम हुने छ । नेपालमा प्रसस्त लगानी भएको अवस्था मा मात्र देश को बिकाश्, रोजगारिको सुनिस्चितता हुने भएको ले यस्लाई सही बाटो मा डोर्याउन सक्नु पर्छ । एउटा बर्ष त खेर गैसकेको छ । अब अर्को बर्ष चै फाइदा जनक होस ।

Published in Nagarik Purweli dated 6th April 2013

To view flipping click here

No comments: