लगानी बर्ष: गलत समय, नकारात्मक प्रभाब

Apr 11, 2013

लगानी बर्ष: गलत समय, नकारात्मक  प्रभाब

व्यब्साय गर्नु को मुख्य उद्देस्य नै नाफा कमाउनु हो ग्राहक को सन्तुस्टी नव मानिएको लक्ष्य भएता पनि, नाफा को निमित्त नै रहेको कुरा स्पस्ट रही आएको । एउटा लगानी कर्ता ले प्रसस्त नाफा नदेखी पक्कै पनि लगानी गर्दैन । यस अर्थमा, लगानी गर्नु को प्रमुख कारण नै त्यस बापत आउने फाइदा हो । म सँग यदी पचास लाख बैंक मा छ भने म त्यती बेला मात्र त्यस्लाई बिराट्नगर को कुनै घडेरी मा लगानी गर्छु जब मलाई लाग्छ, त्यहाँ बाट केहि फाइदा हुन्छ । यो था हुँदा हुँदै मैले लगानी गरेको घडेरिलाई सिङिया खोला ले बगाउछ, म पक्कै पनि त्यस घडेरी मा लगानी गर्दिन ।

नेपाल मा बिकासको रेखा सम्म पुग्न पनि वैदेशिक लगानी को आवस्यक्ता छ । नेपाल ले यदी वैदेशिक सहयोग प्राप्त नगरेको भए, भक्तपुर को ठुलो बाटो सम्भव हुने थिएन । अब, निर्माणधिन फास्ट ट्र्यक्क लाई पनि वैदेशिक सहयोग गुहर्नु परी रहेको छ । यो अवस्था मा वैदेशिक सहयोग लाई नक्कर्न गाह्रो नै पर्छ । वास्तब मा, कुनै पनि मुलुक को बिकास तेस्रो मुलुक को सहयोग बाट हुँदै अएको त हाम्रो नजरमा प्रस्ट नै रही अएको छ । बेलायत को सहयोग बिना आज भारत यो ठाउ मा पुग्दैन थियो । नेपाल भन्दा ढिलो हावाइ जहाँज देखेको भारतले बेलायती शोषन को समय मा नै पुर्वाधार प्राप्त गरेको थियो । रैल मार्ग, हुलक सेवा अन्यथा यो स्थितिमा हुँदैन थियो । भुटानको कुरा गर्नु पर्दा, जुन सहयोग उस्ले भारत बाट प्राप्त गरी रहेको छ, त्यही सहयोगले गर्दा नै आज उस्को विकाशको गती एउटा चुचुरोमा पुगिरहेको छ । यो देख्दा हामीलाई पनि वैद्शिक लगानी को आवस्य्क्ता राम्ररी देखिन्छ । कम्ती मा पनि एउटा पुर्वाधारको लागी भए पनि हामीलाई लगनिकर्ता को महत्व ठुलो छ ।
सायद यही महत्व बुझेर सरकारले २०११ लाई पर्यटन बर्ष घोसणा गरे झै २०१२ र २०१३ लाई लगानी बर्ष घोसणा गरेको हुनु पर्छ । र यस्लाई नकार्त्मक रुप मा हेर्न पनि मिल्दैन । ढिलो चाडो, नेपाल लाई लगानी त चहिन्छ नै । आखिर १० बर्षे जन युद्द पछी नेपाल मा लगानी गर्ने वातावरण छ है भनेर बाहिरी मुलुक लाई देखाउन पनि यो गर्न आवस्यक थियो ।
पुर्वी नेपाल मा पर्यटन बर्ष ले खासै फरक पारेको थिएन । एउटा तारे होटेल का म्यानेजर ले बोलेका थिए, 'पर्यटन बर्ष्: काग लाई बेल पाक्यो, हर्ष न बिस्माद्!' तर लगनी बर्ष ले ठुलो भूमिका खेल्नु पर्ने अवस्था थियो । जस्ले कागलाई मेवा पाक्दा पनि केहि फरक नपरेको अवस्था रही अएको स्पस्ट छ ।
कत्ती को उचित समय थियो यो ?
सर्व प्रथम , राज्नितिक अवस्था एउटा बिन्दु मा नपुगी गरिएको यो घोसणले पक्कै पनि कुनै सकरत्मक प्रभाव पार्न नसकेको स्पस्ट २०१२ को अन्त्य तिर आउँदा पनि खासै कुनै लगानी कर्ता भित्र्यौन नसकेको स्पस्ट केहि लगानी कर्ता उत्सुक भए पनि, सरकार आफ्नै पिर पिरोलिएर होला, कुनै लगानी कर्ता लाई स्वागत गर्न सकेको छैन यसले गर्दा, अलि अलि भितृन खोजेका हरु पनि अवसर पाइरहेको छैन । जब सरकारले उचित समय दिन सकी रहेको छैन, र लगानी भित्रउन सकी रहेको छैन, अवस्य पनि यस समय लाई उचित भन्न मिल्दैन ।

कस्तो वातावरण लाई प्रतिकुल भन्ने ? पक्कै पनि लगानी कर्तालाई लगानी सुरक्छित भन्ने भाव आउने अवस्था रही आएको कि छैन भन्ने कुरा विस्लेसण गरेर उक्त उत्तर निकल्न सकिन्छ एउटा विदेशी ले फाइदा प्रसस्त देख्छ तर उस्ले अरु कुरा पनि ख्याल गर्छ राज्नितिक अवस्था, आर्थिक अवस्था, सामजिक अवस्था प्राविधिक अवस्था राज्नितिक यानी कि देश को नियम्, कानुन हरु राजनिती को कारण ले नै यदी लगनिमा ठेस आउने सम्भावना भने त्यहाँ को अवस्था राम्रो मान्न सकिन्न । नेपाल मा यो सामन्य हो । बन्द, हड्ताल त सामन्य हो जस्ले गर्दा करोड को घाटा पनि सामान्य सरह भैसकेको छ । राजनितिक परिवेश राम्रो नभएको अवस्था मा आर्थिक अवस्था पनि राम्रो हुने भएन । उदाहरण को लागि यस बर्ष को बजेट लाई नै हेर्न सकिन्छ । कत्रो आश थियो, अन्त्य मा फुस्सा । सामाजिक अवस्था पनि खास्सै राम्रो मान्न सकिन्न । समाज बाट खै त साथ ? सेती जल बिधुत आयोजना मा भैरहेको हस्तछेप लाई कसरी नक्कार्ने ? प्राबिधिक तर्फ नजर हाल्दा, सुरु मै एउटा ठेस पुग्छ । १८ घण्टा सम्म बिधुत सेवा ठप्प हुने देश मा प्रबिधी तर्फ कुनै बिकास को झुल्को देख्न गार्है पर्ला । आखिर हामी अझै पनि बैदेशिक लगानी को मुख हेर्नु पर्ने आवस्य्क्ता छ । कहिले चै रेलायन्स मोबाईल ले नेपाल मा लगानी गर्छ अनि राम्रो प्रविधी को प्रतक्ष्य लाभ लिन सकिन्छ ? भनी मुख ताक्नु पर्ने अवस्था रही अएको हाम्रो देश मा प्रविधी तर्फ केहि आश छैन ।
यस्तो अवस्था मा किन गर्छ कोइ नेपाल मा लगानी ? यदी जापान लाई लगानी गर्नु पर्‍यो भने उस्ले भुटान छान्छ नि । आखिर नेपाल भन्दा धेरै गुणा राम्रो वातावरण त त्यहाँ छ नि । नेपाल मा मानव श्रोत सस्तो मा पाइछ, तर त्यो त भुटान मा पनि पाईन्छ नि, अनि किन गर्ने नेपाल म लगानी ?  पाकिस्तन मा लगानी गर्न डरउनु को कारण त्यहाँ बाहिरी सुरक्ष्या छैन, अनि हाम्रो मा चाही भित्री सुरक्ष्या को अभाव छ । र एउटा असुरक्षित मुलुक मा लगानी गरी आफ्नो लगानी धराप पार्ने त कसैको इक्ष्या हुँदैन ।

बिकास को महत्व बुझेर लगानी बर्श घोसणा गर्नु अवस्य पनि नराम्रो हैन तर सायद सम्ब्धित निकय ले अलि दुर दर्शी भएर उक्त निर्णय लिएको भए केहि लाभकारी हुन्थ्यो कि ? खैर्, जे हुनु भैसकेको हाल यस्तो अवस्था मा, जब अन्तरास्टृय नजर मा नेपाल ले लगनिकर्ता लाई स्वागत गर्न खोजिरहेको भन्ने प्रभाब पर्न गएको , त्यस अवस्था मा नेपाल ले पनि जिम्मेवारी बहन गर्न सक्नु पर्छ खाली बन्द, हड्ताल्, सरकार ढाल्ने, सरकार बनाउने खेल मा नलगेर लगानी तर्फ पनि ध्यान दिन सक्नु पर्यो । एउटा छुट्टै निकय को निर्माण गरी लगानी लाई स्वागत गर्ने जिम्मेवारी दिन सक्नु पर्‍यो । यस्ले भितृन खोजी रहेको लगानी लाई बहिर जान दिदैन । बैदिशिक लगानी गर्ने लाई सुरक्ष्या को भाव सृजना गर्न सक्नु पर्‍यो । कुनै प्रकार को नकारत्मक प्रभाव यदी देश बाट हुन गएको खन्ड मा देश जिम्मेवर हुन सिक्नु पर्‍यो । बिप्पा जस्तो सम्झौता लाई प्राथ्मिक्ता दिन सक्नु पर्‍यो । हुन त देश भित्रको उध्योग लाई नै सुरक्ष्या गर्न नसकी रहेको अवस्था मा एउटा बाहिरी मुलुक को लगनिको सुरक्ष्या कसरी गर्ने भन्ने तर्क पनि उठाउने कम नहोलान । तर यस बिषय मा सारा नेपाली को चित्त बुझाउन लाई सर्व प्रथम एउटा बिश्वासको वातावरणको सृजना गर्न सक्नु पर्‍यो ।  आन्तरिक वातावरण सुलभ पार्न सक्नु पर्‍यो । अनि बल्ल देश मा लगानी गर्ने वातावरण को आयाम हुने छ । नेपालमा प्रसस्त लगानी भएको अवस्था मा मात्र देश को बिकाश्, रोजगारिको सुनिस्चितता हुने भएको ले यस्लाई सही बाटो मा डोर्याउन सक्नु पर्छ । एउटा बर्ष त खेर गैसकेको छ । अब अर्को बर्ष चै फाइदा जनक होस ।

Published in Nagarik Purweli dated 6th April 2013

To view flipping click here

No comments: