|
सार्कमा नेपालको गम्भीरता, साफ खेलको आयोजना नेपालको लागी आफ्नै विषय होलानस विमस्टेकको यो लहर चलिरहेको समयमा सार्कको बहस गर्नु उचित पनि नरहला, तर विषय यहाँ सार्क र विमस्टेक भन्दा पनि यस प्रकारका संगठनबाट नेपालले के कस्तो लाभ लियो भन्ने कुरा मुल्यांकन गर्न आवस्यक रहन्छ। सार्कमा आफ्नो भूमिका निर्वाह गर्न नसकेको नेपालले भारतको सहयोग पाएरै बिमस्टेक आयोजना गर्न सक्षम रहेको तथ्य प्रस्ट्याईरहनु नपर्ला। ब्रेग्जीट जस्तो घटना घटीसकेको अवस्थामा कुनैपनि संघमा एक्वद्द्ता हुँदा, आफ्नो स्वार्थ सबैले हेर्नु पर्छ। के यस प्रकारको आवद्दताले हानी गर्दैछ या सहयोगनै दिरहेको हो भनेर मुल्यांकन गर्न आवस्यक रहन्छ। जुन उदेश्यका साथ् यसको थालनी भएको थियो, त्यसमा हाम्रो अवस्था के कस्तो छ त? त्यो बुझ्न आवस्यक छ – चाहे त्यो सार्कमा होस् या बिमस्टेकमा। विगत देखी नै नेपालको प्रमुख समस्या बढ्दो मुल्यव्रिद्दी दर, आर्थिक व्रिद्दीदरमा अस्थिरता, बेरोजगारिता जसले युवा प्रवास हुने, भ्रस्टचार, राजनीतिक अस्थिरता, अस्थिर सरकार र लगानीको अभाव रही आएको हो। यी सबै परिसूचक एक आपसमा सम्बन्धितनै रही आको छ। बिमस्टेकमा आवद्द हुदैमा केहि हानी भएको नहोला, तर आवद्द हुनु अघी र अहिलेमा ती परिसूचकमा के कति सुधार आए, त्यो देखियो या देखिएन? चिन बाट अलि पर, पाकिस्तानलाई पन्छ्याउन सहज भएको हुनाले सायद भारतलाई सार्क भन्दा बीमस्टेक अलि प्यारो लागेको हुन सक्छस तर प्रसंग यहाँ अर्थतन्त्र संग ठाडै जोडिने भएको हुनाले, के उपलब्धि गर्यो नेपालले बुझ्न आवस्य्क छ। २००४ देखी नेपाल बिमस्टेकमा आवद्द भएको नेपालले मुल्य व्रिद्दीमा केहि सुधार गर्न सकेको देखिदैन। २००४मा २।८ प्रतिसत मुल्यव्रिद्दी रहेकोमा अहिले बढी २०१८मा ८।७ प्रतिसत पुगेको विश्व बैंकले जनाएको छ, र यस बीचमा औसत ८ प्रतिसत सधै रही रहेको सोहि तथ्यांकले पुस्टि गर्दछ। विश्व बैंककै तथ्यांक बाट हेर्दा न नेपालले आर्थिक बृद्दीदरमा यस अवधिमा सुधार गर्न सक्यो, न वेरोज्गारितामास न नेपालले भ्रस्टचारितामा सुधार गर्न सक्यो न सरकारी खर्चमा। एउटा झिनो सुधार विदेशी लगानीमा गरेको देख्न सकिन्छ। यदि नेपाल बेलायत जस्तो बलियो भएको भए सायद बिमस्टेकबाट पन्छीसक्ने थियो, यदि भारत जस्तो हावी हुन सक्ने भए सार्कलाई वेवास्ता गरे सरह बिमस्टेकलाई पनि वेवास्ता गर्ने थियोस आखिर नेपालले न कुनै समुन्द्री मार्ग स्थापना गर्न सक्यो, न रेलमार्ग नै। संसारले बुझेको र प्राथमिकतामा राखेको कारोबारलाई नेपालले कहिले बुझ्न सकेन, र सधै ’अनुदान’ र ’सहयोग’ को अपेक्षा गरिरह्यो, जुन नेपालले यस बिमस्टेकमा पनि गरेको देख्न सकिन्छ। कसले आएर कोटेश्वरको जामको समस्या समाधान गरिदिन्छ भनेर आस गर्ने नेपालको सरकारलाई विमस्टेक एउटा बजार सरह भएको छ। नेपालले बोस्वानाको प्रगतीमा अफ्रिकन युनियन नभएर बोस्वानाको आफ्नै भूमिका बढी रहेको, भारतको विकासमा कुनै समुहको नभई भारतले आफैं गरेको भन्ने तथ्य कहिले आत्मसाथ गर्न सकेन, फल स्वरूप, ’अनुदान’ को अपेक्षा मै सिमित रह्यो नेपालको कुटनीतिक सम्बन्धहरु। सार्क सम्मेलनमा सजाइएको रानीपोखरी जस्तै काठमाडौँलाई फेरी एक फेर सजाउन थालिएको छ। एरपोर्टमा स्वागत द्वार देखी तिनकुनेमा आँखीझ्यालको प्रदर्शन सम्मस एक लहर फेरी रातारात सडक निर्माण सुरु भएको छ। हुन त पाहुना आउँदा मात्र कोठा सजाउने हामी सबैको बानी होस तर नेपालले यसपाली पनि गर्ने विगतका जस्तै गफ हो – होला कनेकटीभिटिको बहस होला, फेरी रेल्वे को योजना बुनिने छ, अनि केहि हद सम्म अध्यन सम्म गरिनेछ। लगानी व्रिद्दीमा जतिसुकै बहस भए पनि, लगानी गर्ने कारण उपलब्ध नहुन्जेल जो कोहिले पनि जोखिम उठाउने छैनस लगानी सुनिस्चित हुने हो भने नेपाल सानो तर नाफायुक्त बजार रहीनै रहेको हो। भारतले आफ्नो हावित्व दर्साउने भनेको उसले नेपाल लगायत अन्य मुलुक माथी लगाउने कर बाट हो, जुन विषयको आवाज सायदनै नेपाल या भुटानले उठाउनेछनस न त नेपाल र भुटानले नजिकैको बन्दरगाहसम्मको मार्गको सहजताको विषय उठाउने छन। उठाईहाले पनि लगभग दुइ दसक सम्म नभएको परिवर्तन, निभ्न लागेको मोदी सासनमा होला कसरी भन्ने? मुलत आर्थिक र प्राविधिक क्षेत्र बढी केंद्रिकीत यस संगठनले एक आपसी फाइदाका लागी आयात निर्यात सम्बन्धि केहि नियम बनाउनु पर्ने थियोस तर विषय यहाँ अन्यत्र मोडिएको आभास देख्न सकिन्छ। सुरक्षाका चुनौतीहरु, लागु औसध कारोबार, मानव वेचविखन। जल वायु परिवर्तन उत्तिकै आवस्यक विषय होस यद्दपी अर्थतन्त्रको सुधार बिमस्टेक बाट कसरी सम्भव भयो? कसरी हुनेछ को उत्तर आवद्द रास्ट्रहरु संग हुनु पर्ने हुन्छस अझ यहाँ त बिमस्टेकको उदेश्यनै थाहा नभएका व्यक्तिहरु आयोजनामा लागी परेको देखिन्छ, जसले गर्दा यो केवल एक भेटघाट, व्यक्तिगत चिनापरिचयको अवसरको रुपमा लीईएको सरह देखिन्छ। यस पटक प्राथमिकतामा राखिएको भनिएको कनेक्टीभिटीको विषय निकै अघी पहिचान भैसक्या हो, र १०० भन्दा बढी परियोजनाहरु पहिचान समेत भैसकेको होस जुन विषय निकाल्नकै लागी निकालिएको जस्तो देखिन्छ। जलश्रोत, ग्यास, चामल देखी जुट सम्मको सम्भावना बिमस्टेकमा रहेको भएता पनि, इनिहरुको ’सिनार्जिक’ तवरले उपयोग कसरी गर्ने भन्ने विषय उठाउन आवस्यक थियो। बिमस्टेकले मान्दै आएको आतंकवादसंगको लडाईमा सफलतालाई सोहि अनुरुपको श्रेय प्रदान गर्न मिल्छ या मिल्दैन आफैंमा एक प्रश्न रहन्छ। आतंकवादको संजालमा होमिएको श्रीलंका र नेपाल थियोस र त्यसमा बिमस्टेकभन्दा पनि सम्बन्धित देशहरुले आफ्नै पहल गरेको भनेर बुझ्दा सहज होला। विगतकै इतिहाँस हेर्दा पनि आयोजकले भव्य सफल भनि प्रचार गरिरहेको तर विगतकै एजेन्डालाई जोड दिएर संयुक वक्तव्य निकाल्ने प्रवृतिले – बिमस्टेक आवद्द मुलुकहरुलाई एक भ्रमणको अवसर, भेटघाटको अवसर र आयोजकलाई सत्कारको अवसर रहेको देखिन्छ। खुला बजार र कारोबार गर्ने लक्ष लिएर खोलेको यस संगठनले यस विषयमा के कति प्रगती गर्यो? थाइल्यान्ड होस् या बंगलादेशस नेपाललाई उक्त मुलुक बाट निर्यात गर्न कति सजिलो बनायो बिमस्टेकले? अघिल्लो संस्करण म्यानमारमा भएको बिमस्टेकमा भएको वातवरणीय सुरक्षा, आर्थिक कारोबारको सहमति र लगानी र खुला अर्थतन्त्रमा के कति हासील गर्यो? २०१४मा सम्पन्न उक्त सम्मेलन कै आकलन गर्ने हो भने, विमस्टेक केवल एक भेटघाटको अवसरमै सिमित रहेको देखिन्छ। अझ नेपाल जस्तो मुलुकमा विगत जस्तो राजा गैर प्रतिवद्दता गर्ने हैन, हिजो एउटा गएर एउटा बाचा गर्छ आज एउटा जान्छ एउटा बाचा गरेर फर्कन्छस भोली अर्को पुग्छ र अर्को प्रतिवद्दता जाहेर गर्छस अन्त्यत जिम्मेवारी बोध कसैमा रहदैन र सबै योजना तुहिएर जान्छ। फेरी पनि काठमाडौँका सडक केहि क्षणका लागी भएपनि सफा देखिनेछन, फेरी पनि अस्थाई पिच निर्माण हुनेछन, केहि नाटकीय परिवर्तन देखिनेछनस जाम खेप्नु पर्ने पिडा जोडबिजोड प्रणाली बाट स्पस्ट देखीसकिएको छ। कुनै पनि संगठनमा आवद्द हुनु उपयोगी होस तर संगठनको हावित्त्व फितलो नरहोस् र जनताले प्रत्यक्ष अनुभुति गर्ने गरी विमस्टेकको यो भव्य कार्यक्रम सम्पन्न होस्स कार्यक्रम सकिएपछी निकालिने तिनकुनेका बोर्ड संगै सबै योजना ननिकालीयुन – शुभकामना!
Published in Abhiyan daily on 28th August 2018.
|
|
No comments:
Post a Comment