दशैं अर्थतन्त्र

Oct 17, 2018


खर्चले बाधिएको हाम्रो चाडबाड, आजको दिनमा मासु र नयाँ लुगामै मात्र सिमित चै अवस्य छैन। भेटघाटको अवसर, आशिष आदान प्रदान, यात्रा, छुट्टि र मुख्य त — एक ब्यापक खर्च गर्ने स्थानको रुपमा दशैं रहदै आएको छ। हुन त, पहिले देखी नै, पैसा नभए पनि ऋण लिएरै भए पनि दशैं मनाउनु पर्ने संस्कृति, ऋण लिएरै भए पनि एक जोर नयाँ लुगा र मासु किन्नै पर्ने परम्पराबाट हुर्किएका हामी नेपालीले जहाँ जस्तो सुकै अवस्थामा रही आएपनि खर्च गर्ने मामलामा आफुँलाइ एक कदम पनि पिछाडी नराखी खर्च गर्ने गर्छौ। अनि यहि प्रवृतिलाई मध्य नजर गर्दै, बिक्रेताले अर्को ठुलो लाभ प्राप्त गर्दछन — मासु ब्यापारी होस् या यातायात संचालकस बैंक तथा बित्य संस्था हुन् या गाडी बिक्रेता — कसैले मुद्दतीमा आकर्षण, कसैले ऋणमा आकर्षण दिएकै हुन्छनस अनि छुट को नाममा अर्को विशेष प्रचार गर्ने परम्परा त रह्यो नै। दशैं यदि खर्चिलो नहुँदो हो त, पर्खाई पनि यत्ति साह्रो हुदैन थियो होला।
वर्षमा एक पल्ट लुगा किन्नै पर्छ भनेर दशैंले आँफुलाई उभ्याएको कारणले गर्दा पनि दशैंमा लुगा ब्यापार अलि बढी नै हुन्छ। हुन त दशैं मौसम अनुकुल छैन — जाडो को लुगा किन्ने कि गर्मि को लुगा किन्ने भन्ने दोधारमै रहेर पनि नेपालीहरु ले लुगा खरिद ब्यापक रुपमा गरि नै रहेका हुन्छन। काठमाडौँमा मात्र एक ७० हजार बढी खसी बोका बिक्रि हुने तथ्यले मासु र दशैंको मोह प्रस्ट दर्शाउँछ। एक ठुलो मात्रा रकम नेपालीको मासुमा पनि खर्च हुन्छ। त्यसपछि यातायातको खर्च आउँछ — चाहे छोरा छोरी सहरमा पठाएका आमाबुवाले घर फर्काउने खर्च, या सहरमा बसेर काम गरेका परिवारले यस समय आफ्नो ठाउँ पुगेर यस चाडवाड मनाउने खर्च — यो रही नै रहन्छ। अझ अहिले को समयमा त, विभिन्न टुर प्याकेजले गर्दा विदेश घुम्न जाने परिपाटी बसी आएको देख्न सकिन्छ, जसले गर्दा यातायात क्षेत्रको ब्यापार उच्च यसै समयमा रहने तथ्य थाहा हुन्छ। हवाई होस् या गाडी, दुवै तर्फ यस समयमा धामधम नै भै रहेको हुन्छ।
मुलत, पेय पदार्थको ब्यापार नेपालमा अर्को महत्वपूर्ण ब्यापार हो, जुन चाडवाड को समयमा निकै नै हुने गर्दछ। हाल आएर, सहरी परम्परालाई उत्साहपूर्ण बनाउँन हरएक चाडवाडमा पेय पदार्थ को खरिद उच्च रहेको देखिन्छ। अनि नेपाली ले खर्च गर्ने अर्को ठाउँ भनेको तास कौडा रहन्छ यस समयमा, जुन विगत सरह चली आएको परम्परा हो। गोजी भारी बनाएर आफ्नो गाउँ ठाउँ हिड्नु पर्ने संस्कृति पनि सोहि अनुरुप रहन्छ। हुन त कुल ग्राहस्थ उत्पादन को १० प्रतिसत मात्र एक नेपाली ले बचत गर्छन, र बाँकी सबै खर्च नै गर्छन भनेर रास्ट्र बैंकको तथ्यांकले दर्साएकोनै छ। रास्ट्र बैंकले यसै समयलाई लक्षित गरेर नया नोट ल्याउनु को कारण पनि त्यहि नै होला ।
नेपालीले यस समयमा बढी खर्च गर्न सक्नु को केहि कारण अवस्य छन। सर्वप्रथम त, रेमिट्यान्सको मात्रामा बृद्दी हुने कारणनै रहन्छ। अन्य समय भन्दा यस समय स्वदेसमा रहेका आफन्तलाई रकम पठाउनु पर्छ भनेर, संचित रकम पाठाइन्छ, जसले नेपाली बजारमा रकमको प्रवाह पर्याप्त मात्रामा रहन्छ। अझ, अहिलेको बढ्दो डलरको भाउलाई मध्यनजर गर्दा, रेमिट्यान्सको प्रवाह निकै ठुलो रहेको सहजै प्रक्षेपण गर्न सकिन्छ। करिब १५  प्रतिसत रेमिट्यान्स यसै समय मा हुने गर्दछ। दोश्रो प्रमुख कारण भनेको दशैं भत्ता होस स्वदेशमा कार्यरत सरकारी होस् या निजि क्षेत्रले दशैं भत्ताको नाममा दुइ गुणा सम्म तलब प्रदान गर्दै आइरहेको छ। चाडवाडकै लागि भनेर यस आर्थिक वर्षमा सरकारले मात्र १३ अर्ब रुपैयाँ छुट्याएको थीयो, जसलाई प्रदान गरिएको थियो जसमा निजामती कर्मचारी, सैनिक, सशत्र प्रहरी, नेपाल प्रहरी, पेन्सनवाला, अस्थाई र करार सेवामा रहेका कर्मचारी सबै भागेदार बने। रकम बजारमा प्रवाह भैनै रह्यो। अर्को प्रमुख कारण, बढ्दो ब्यापारको कारण यस समयमा ब्यापारीले आफ्नो नगद बृद्दी गर्ने गरेको पाइन्छ भने अर्का तर्फ यसै समयको लागी भनेर संचित गर्ने परम्परा पनि रही आएको हुन्छ, जसले गर्दा दशैंमा सामान्य तय भन्दा बढी खर्च नेपाली ले गरेको  देख्न पाइन्छ। तथ्यांककै हिसाब गर्दा वार्षिक आमदानी को १५—२०  प्रतिसत दशैं  तिहारकै समयमा नेपालीले खर्च गर्ने गर्छन।
खर्च गर्ने प्रवृति बुझेरै हुनु पर्छ, लोभ लाग्दो छुट को ब्यापार विभिन्न संघ संस्थाले गरि रहेकास अझ वित्तीय क्षेत्र पनि ऋणको प्रचार सोहि मात्रामा गरि रहेका।  ब्यापारी को लागी यो समय निकै महत्वपूर्ण रहन्छ, चाहे एक आम किराना पसल होस्, डेरी पसल होस्, या रक्सि पसल। एक मोबाइल विक्रेता देखी मोटर साइकल बिक्रेता सम्मले आफ्नो ब्यापार को मुख्य समय यहि समयलाई औल्याउने गरेका छन। यस समयमा लाभ कमाउने अर्को संस्था भनेको विज्ञापन एजेन्सी हरु पनि हुन्। गित संगीत, मनोरन्जन, सिनेमा क्षेत्रको लागि पनि यस समय फलदाई हुने निश्चित छ, जसका कारण विभिन्न कलाकार देश विदेश भ्रमणमा निस्किने गर्दछन। छक्का पन्जा ३ होस् या अन्य कुनै, यसै समयको प्रतिक्षा मा देखिन्छ।
व्यापारिक दृस्टी ले हेर्दा, आर्थिक दृस्टीले नियाल्दा, नगद प्रवाह बढी हुने यस समयले अर्थतन्त्रमा निकै सुधार ल्याउने अवस्य होस तर यसका विभिन्न प्रक्षेपण रहन्छन। गुणस्तर को विषयमा ग्राहकले सधै मुल्य चुकाउनु नै पर्दछ। गाडीमा यात्रा गर्दा कोचिएर, महँगो दरमा टिकेट होस् या सफा गाडी को अभाव देखी होटलमा खानाको गुणस्तर सम्म — सधै मुल्य चुकाउन बाध्य रहन्छन जनताहरु। महंगी सोहि अनुरुपमा बढी रहेको हुन्छा फेरी, अनि अनुगमन गर्ने निकाय आफैं दशैं मनाउने भएको हुनाले त्यसको ठुलो निगरानी पनि रहदैन। १००० प्रतिसत सम्म मुल्य बृद्दी भैरहंदा पनि त्यसको मुल्यांकन गर्ने निकाय कोहि रहन्दैनस र आम जनता त्यसको प्रतक्ष्य सिकार बन्छन। घर रंगाउने रंग को तौलमा होस्, या  बिस्कुट को तौलमा होस् स जुत्ता को मूल्य मा होस् या लेहंगाको मुल्यमा होस् — ग्राहक ठगिने मात्र सोहि अनुरुपमा रही नै रहन्छ।
दशैं को आफ्नै वैज्ञानिक तथ्य हरु छन, आफ्नै संस्कृति रहन्छनस र आफ्नै महत्व छन, तर यसको सम्मान र प्रवर्दन गर्न्ने जिम्मेवारी अहिले को पुस्ता को रहन्छ। आर्थिक सचेतना अनुरुप को खर्च गर्ने अभिभारा हाम्रो रहन्छ। दशैंमै सबै खर्चिएर, आउँदो हिउँदमा काप्नु बुद्दिमानी अवश्य रहने छैन।  हामीले जसरी आजको दिनमा यो चाड स्विकार्यौं, त्यसमा कति सहि र कति गलत पक्ष छन? के कति सुधार को आवस्यकता रहन्छ भनि मुल्यांकन गर्न पनि आवस्यक रहन्छस र मात्र आगामी पिडिलाई दशैंको महत्व रही रहने हुन्छ। विदेशमा रहने नेपाली हुन्, या नेपालमै रहनेस यसको जिम्मेवारी यो पुस्ताले लिने पर्छ र व्यवस्थित रुपमा अगाडी राख्नु पनि पर्छ। त्यसो गरेमा मात्र नेपाली संस्कृति दिघो रहीरहन्छनस अन्यथा वाईहात खर्चमै बढी रहेर त्यसमै बिलिम हुने अवस्था नआउला भन्न सकिन्न।


Published in Abhiyan Daily on 17th October 2018 

No comments: